कुलपतिहरूले लिए शपथ


४ फाल्गुन २०७९, बिहीबार
bhupal

काठमाडौँ । नव नियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नव नियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण गर्नेहरूमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कुलपतिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७