सांसद भण्डारीलाई थप उपचारका भारत लगियो


४ फाल्गुन २०७९, बिहीबार
bhandari p

काठमाडौं । ग्यास सिलिण्डर विष्फोटपछि आगो लागेर गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

कांग्रेस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो । भण्डारीलाई मुम्बईको नेशनल वर्न सेन्टरमा लगेर उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेता भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको छ ।

chandra hospital

सोही घटनामा गम्भीर घाइते भएकी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको बिहीबार बिहान निधन भएको हो । खाना खाएर सुतिसकेपछि गए राति साढे १० बजेतिर ग्यासको गन्ध आएर आमा भान्सामा गएको बेला विष्फोट भएको र आमालाई बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका हुन् । कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७