गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकमा पुर्‍याउनु राज्यको दायित्व : राष्ट्रपति भण्डारी


९ फाल्गुन २०७९, मंगलवार
Bidhya 4 scaled

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन गरेकी छन् । यहाँ आयोजित समारोहमा उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गरेकी हुन् ।

AT Headtuda 1084147732550043

अस्ताल उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ र सहज पहुँचमा पु¥याउनु राज्यको प्रमुख दायित्व भएको बताएकी छन् ।

उनले आधुनिक समयमा विस्तार हुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तीव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिदै जानु चिन्ताको विषय भएको बताइन् । उनले यसबाहेक विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने बताइन् ।

Bidhya bhandari 1

७० शैंया क्षमता रहेको सो तीन तलाको भवन रु ४३ करोडको लागतमा निर्माण भएको हो । अस्पतालको नव निर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शैंया पुगेको छ । उक्त नव निर्मित भवनबाट अब इमरजेन्सी, प्रसूति, आइसियू सेवाका साथै भेन्टिलेटर, डायलासिस, एक्स–रे, अत्याधुनिक प्रयोगशाला र फार्मेसी रहने छन् । सो अस्पताल २०१६ सालमा मकवानपुरको हेटौँडामा जिल्ला अस्पतालका रुपमा १२ शैंयाबाट स्थापना भएको थियो । विसं २०२२ मा यसलाई २२ शैंयाको बनाइएको हो ।

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित तीन सय ८७ जना कार्यरत रहेको बताइएको छ । हाल अस्पतालमा २४सै घण्टा सिटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलव्ध छ । अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआइसियु सेवा उपलब्ध छ भने पिआइसियु सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँले जानकारी दिए ।

नयाँ भवन निमार्णसँगै हेटाँैडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताए । अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरङ्ग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७