प्रचण्डसँगको वार्तापछि माधव नेपालको प्रतिक्रिया : विभिन्न विकल्पमा छलफल गर्‍यौं

‘पुरानो गठबन्धन ब्यूँताउनु अहिले सबैभन्दा राम्रो विकल्प’


११ फाल्गुन २०७९, बिहीबार
madhav nepal
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउने विकल्प नै अहिलेको सबैभन्दा राम्रो विकल्प भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा करिब एक घण्टा लामो भेटवार्तापछि पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको पनि जानकारी दिए । ‘सबै विकल्पमा छलफल भइरहेको छ । पुरानै पाँचदलीय गठबन्धन ब्युँत्याउने विकल्प सबैभन्दा राम्रो हुन सक्छ’, उनले भने ।

नेपालले नयाँ राष्ट्रपतिलाई लिएर ठूलो विवाद नरहेको पनि बताएका छन् । त्यसबारेमा विभिन्न विकल्पमा अहिले पनि छलफल चलिरहेको प्रतिक्रिया दिएका छन् । ‘राष्ट्रपति निर्वाचनलाई लिएर हामीसँग अनेक विकल्प छन् । तर तीमध्य उत्तम भनेको पुरानो गठबन्धन ब्युँत्याउने हो’, उनले भने, ’अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । सहमतिमै राष्ट्रपतिको उम्मेदवार उठाउँछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७