कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा पुडासैनी


१४ फाल्गुन २०७९, आईतवार
1677375095 mun ki 1200x560 1

काठमाडौँ । कृषि बिकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । नव नियुक्त अध्यक्ष पुडासैनी निजामती सेवामा लामो अवधिसम्म कार्यरत रही राजस्व सचिवबाट अनिवार्य अवकाश प्राप्त व्यक्ति हुन् । उनले आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव सँगालेका छन् ।

नव नियुक्त अध्यक्ष पुडासैनीलाई गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरहरू निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्टलगायतको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७