बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक


१४ फाल्गुन २०७९, आईतवार
8 party meeting suP4HWEtGb

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक शुरु भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दल बैठकमा बसेका हुन् ।

8 party meeting 1 0oWzMzGZUC

राष्ट्रपतिको निर्वाचनका विषयमा केन्द्रित रहेर नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छलफलमा जुटेका हुन् । नेकपा एमालेलाई छाड्दै प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ ले गत शुक्रबार नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनाएका छन् ।

शुक्रबार नै बालुवाटारमा बसेको गठबन्धन बैठकमा उनले एमालेले सत्ता छाड्ने बताउँदै अब कांग्रेससहितका दलहरु सत्तामा आउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७