इटलीमा डुङ्गा दुर्घटना : एक शिशुसहित ५९ जनाको मृत्यु, ३० जना बेपत्ता


१५ फाल्गुन २०७९, सोमबार
boat accident 7B6soAMhEC

काठमाडौं । इटलीको दक्षिणी क्यालाब्रिया क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक शिशु र बालबालिकासहित ५९ जनाको ज्यान गएको छ ।

समुद्री आँधीका कारण डुङ्गा दुर्घटना भएको र दुर्घटनामा ५९ जना आप्रवासीको ज्यान गएको हो । दुर्घटनामा ३० जना हराइरहेका त्यहाँको आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८० जनाको उद्धार गरिएको तटरक्षक बलले बताएका छन् ।

उद्धार गरिएका केहीको अवस्था गम्भीर छ । उद्धार गरिएका यात्रुले डुङ्गामा १५० जना रहेको बताए पनि डुङ्गामा झण्डै २ सय जना रहेका अनुमान गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७