ब्रिस्टल सिटीलाई हराउँदै म्यानचेस्टर सिटी एफएकपको क्वार्टर फाइनलमा


१७ फाल्गुन २०७९, बुधबार
city

काठमाडौं । म्यानचेस्टर सिटीले ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै मंगलबार एफएकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ । त्यसमा फिल फोडेनले दुई गोल गरे भने एक गोल केभिन डे ब्रुएनाको नाममा रह्यो ।

यस्तै च्याम्पियनसिप क्लब ब्ल्याकबर्नले प्रिमियर लिग प्रतिद्वन्द्वी लेस्टर सिटीलाई २–१ ले हराएर क्वार्टर फाइनलमा स्थान बनाएको छ । प्रिमियर लिगमा फर्कने प्रयासमा रहेको ब्लाकबर्नका लागि टेयरेस डोलान र सामी स्माडिक्सले गोल गरे । यस्तै क्वार्टर फाइनलमा प्रवेश पाउन फुलहमले लिड्सलाई २–० र ब्राइटनले स्टोक्सलाई १–० गोलअन्तरले पराजित गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७