चलचित्र ‘प्रसाद–२’ को ‘पोस्टर’ सार्वजनिक


१९ फाल्गुन २०७९, शुक्रबार
prasad 2

काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद–२’ को फस्टलुक (पोष्टर) सार्वजनिक गरिएको छ ।
फस्टलुकमा अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी र अर्पण थापा फिचर्ड छन् । फिल्ममा सुदर्शन थापाको निर्देशन छ ।

प्रेमकथाका फिल्म निर्माण र निर्देशनमा अब्बल सुदर्शन यस पटक भने सामाजिक कथावस्तुको फिल्म ‘प्रसाद–२’ लिएर दर्शक माझ आउने तयारीमा छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको छैन् ।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ । एसजी फिल्मससँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको यो फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै के छ र’ राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७