होली शुरू : वसन्तपुरमा चीर पूजा गर्नेको भीड {तस्वीरहरु}


२२ फाल्गुन २०७९, सोमबार
Holi 4

काठमाडौं । फागु पूर्णिमा अर्थात होली पर्व मनाउन शुरु भएको छ । सोमबार बिहानैबाट काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा उल्लासका साथ होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि मनाइएको हो । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् ।

वसन्तपुरसहित टुँडिखेललगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । यस्तै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको अहिले भीड लागेको छ । सोमबार फागु पूर्णिमाको अवसरमा देशका पहाडी भू–भागमा होली खेलेर मनाइँदैछ । सोमबार पहाडी र हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा रहेको छ ।

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ । एक–अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न स्थानमा होली पर्वलाई मानिसहरूले हर्षोल्लाका साथ मनाइरहेका छन् ।

Holi 1
Holi 2
Holi 3
Holi 5
Holi 4 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७