प्रधानमन्त्री प्रचण्डले दिए उपाध्यायलाई श्रद्धाञ्जली


२२ फाल्गुन २०७९, सोमबार
Prachanda Saroj Kumar Upadhyaya

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोकनगर पुगेका छन् ।

प्रचण्ड नेकपा श्रद्धाद्दञ्जली दिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ उपाध्यायको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्नुका साथै नेपालसहित परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

गत शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७