फुटबलर अन्जन विष्ट बने वर्षको उत्कृष्ट खेलाडी


२३ फाल्गुन २०७९, मंगलवार
Anjan bista

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ को वर्ष पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दिइने उक्त अवार्ड मंगलबार एक कार्यक्रमका बीच विष्टलाई प्रदान गरिएको हो ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी र ब्याडमिन्टल खेलाडी प्रिन्स दाहाल थिए । उनीहरूलाई पछि पार्दै विष्ट वर्ष पुरुष खेलाडी घोषित भएका हुन् ।

विष्टले विश्वकप–२०२२ छनोट तथा एसियन कप–२०२३ को छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । त्यस्तै १३औं साफ च्याम्पियनसिपमा उनले श्रीलंका र बंगलादेशविरुद्ध समेत गोल गरेका थिए । उनी गत वर्षको नेपाल सुपर लिगका सर्वोत्कृष्ट खेलाडी समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७