मेक्सिकोमा अपहरित चार अमेरिकी नागरिकमध्ये दुईको हत्या


२४ फाल्गुन २०७९, बुधबार

काठमाडौँ । मेक्सिकोमा अपहरणमा परेका चार जना अमेरिकी नागरिकमध्ये दुई जनाको हत्या भएको छ । अमेरिका र मेक्सिकोका अधिकारीका अनुसार दुई जनाको भने सकुशल उद्धार गरिएको छ ।

गएको मार्च ३ तारिखमा बन्दुकधारी समूहले चार जना अमेरिकी नागरिकको अपहरण गरेका थिए । टेक्सासको सीमा पारी मेक्सिकोको उत्तर पूर्वी राज्य तमाउलिपासको माटामोरोस शहरबाट उनीहरु अपहरणमा परेका थिए ।

उनीहरुका आफन्तका अनुसार उनीहरु कस्मेटिक सर्जरीका लागि त्यहाँ गएका थिए । उद्धार गरिएका दुई जनाको अमेरिकीको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति अमेरिका र मेक्सिको सरकारले दुःख व्यक्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७