अमेरिकामा चार हप्तामा एक लाख बढी बालबालिकालाई कोभिड संक्रमण


२४ फाल्गुन २०७९, बुधबार
merlin 195864579 60846c07 b241 46c9 af2f 2575eaee2fa6 superJumbo

काठमाडौं । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड–१९ को संक्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको संक्रमणमा परेका हुन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको संक्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो हप्तामात्र ९मार्च २ सम्म० यहाँका १९ हजार बालबालिकालाई कोभिड संक्रमण भएको थियो ।यस अघिका हप्ताहरुमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको संक्रमणमा परेका बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोभिडको संक्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने संक्रमण भइ नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरुले कोभिडबाट संक्रमित भएकाहरुको उमेर अनुसारको तथ्याङ्क लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७