पीएसजीलाई हराउँदै बायर्न अन्तिम आठमा


२५ फाल्गुन २०७९, बिहीबार
thumb 1

काठमाडौं । बायर्न म्युनिकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई दोस्रो लेगमा २–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेको छ । बायर्न समग्रमा ३–० ले अगाडि रह्यो । अर्को खेलमा एसी मिलानले टोटनहमलाई रोक्दै क्वार्टर फाइलन पुग्न सफल रह्यो ।

पहिलो लेगमा १–० ले अगाडि रहेको बायर्नका लागि एलिनाज एरिनामा भएको खेलमा एरिक म्याक्सिमले पहिलो गोल गरे । दोस्रो गोल सर्जे जियाब्रेको नाममा रह्यो । पीएसजीका लागि केयलिन एमबापे र लियोनल मेसी दुवै फिक्का रहे ।

पीएसजी लगातार दोस्रो सिजन युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको अन्तिम १६ बाट नै बाहिरिएको छ । मिलानले टोटनहमलाई गोलरहित बराबरीमा रोकेर समग्रमा १–० को अग्रता लिएको हो । सन् २०१२ यता पहिलो पटक क्वाटरफाइनल पुग्ने क्रममा मिलानले टोटनहमलाई उसकै घरमा बहादुरीपूर्ण बराबरीमा रोकेको हो र खेलको अन्त्यमा दस खेलाडीमा पनि सीमित रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७