‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै


२५ फाल्गुन २०७९, बिहीबार
football
सांकेतिक तस्वीर

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (बिहीबार) दुई वटा खेल हुँदैछन् । च्यासल मैदानमा दिउँसो साढे २ बजे त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब तथा एन्फा मैदान सातदोबाटोमा दिउँसो साढे २ नै न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लब खेल्दै छन् ।

‘ए’ डिभिजन लिगमा अस्तिदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७