नव निर्वाचित राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क र भट्टराई आश्रम जाँदै


२७ फाल्गुन २०७९, शनिबार
ramchandra paudel
फाइल फोटो

काठमाडौँ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

हिजो राष्ट्रपति पौडेलले गुह्यश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए । आज पनि उनी दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

चौँथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले आगामी सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि (फागुन २८ गते) सकिँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७