बालुवाटारमा गठबन्धनको वैठक जारी, प्रभु साह पनि सहभागी


२७ फाल्गुन २०७९, शनिबार
gathabandan 9 party

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक बसेको हो । यसअघि गठबन्धनमा नौं दल सहभागी भएको थियो ।

यस पटकको बैठकमा भने प्रभु साह पनि बालुवाटारको बैठकमा पुगेका छन् । साह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो । २०७९ साल मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित भएका थिए ।

उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए । उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७