प्रधानमन्त्री मोदी र अमेरिकी वाणिज्य मन्त्री जीनाबीच भेटवार्ता


२७ फाल्गुन २०७९, शनिबार
11 03 2023 08 35 13 825687

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेकी अमेरिकी वाणिज्य मन्त्री जीना रेमन्डोसँग शुक्रबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको कार्यालयले ट्वीटमा उल्लेख गरेको छ ‘अमेरिकी वाणिज्य मन्त्री रेमन्डोसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रह्यो ।’

रेमन्डोले शुक्रबार केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलसँग पनि प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए । सो अवसरमा भारत र अमेरिकाबीच विभिन्न विषयमा व्यापारिक वार्ता भएको र थुप्रै समझदारी पत्रमा हस्ताक्षर समेत भएको बताइएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ – भारत र संयुक्त राज्य अमेरिका दुबैले उनीहरूलाई वस्तु र सेवाहरूको गुणस्तर आपूर्तिकर्ता र उपभोक्ताका रूपम मान्यता दिएका छन् । अमेरिकाका थुप्रै कम्पनीहरू भारतमा लगानी गर्न इच्छुक रहेको घोषणा गर्दै रेमन्डोले भनिन्, ‘विगत दुई वर्षमा भारतले प्रधानमन्त्री मोदीको नेतृत्वमा गरेका धेरै कार्यहरूले भारतलाई व्यापार गर्न अझ आकर्षक ठाउँ बनाएको छ । थप पारदर्शिता, डिजिटल अर्थतन्त्रमा द्रुत गति, भ्रष्टाचारको विरुद्ध शून्य सहनशीलता, यी सबै कुराहरूले भारतलाई अझ आकर्षक साझेदार बनाउँछ ।’

यसैगरी भारत र अमेरिकाले सेमिकन्डक्टर आपूर्ति शृङ्खला लगायतका व्यापारिक क्षेत्रलाइ बढावा दिन आपसी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । तीन वर्षको अन्तरालपछि आपूर्ति शृङ्खला लचिलोपन र विविधीकरण र नयाँ उदीयमान क्षेत्रहरूमा जोड दिदै रणनीतिक क्षेत्रहरूमा व्यापाक समझदारी विकास भएका छन् ।

पछिल्लो समय भारत–अमेरिका वाणिज्य वार्ता सन् २०१९ फेब्रुअरीमा भएको थियो । त्यसपछि कोछिड–१९ प्रकोप लगायतका कारणले अगाडि बढ्न सकेको थिएन । यसैगरी भारत–अमेरिकी सीईओ फोरमसन् २०२२ नोभेम्बरमा भारतीय वाणिज्य र उद्योग मन्त्री र अमेरिकी वाणिज्यमन्त्रीद्वारा भिडियो–कन्फ्रेन्स मार्फत छलफल गरिएको थियो ।

सो वार्ताले प्रमुख प्राथमिकताका क्षेत्रहरूमा आपूर्ति शृङ्खला बढाउने र ऊर्जा सुरक्षा प्रवर्धन गर्ने लगायतका थिए । हरितगृह ग्यास उत्सर्जन, समावेशी डिजिटल व्यापारको विकास र विशेष गरी साना व्यवसायहरूको लागि, महामारी पछिको आर्थिक पुनःउत्थानका निम्ति सहजीकरण गर्ने विषय पनि दुवै देशका प्राथमिकतामा परेका छन् ।

दुई देशद्वारा जारी समझदारीपत्रले अमेरिकाको चिप्स र विज्ञान ऐन र भारतको सेमिकन्डक्टर मिसनलाई ध्यानमा राख्दै अर्धचालक आपूर्ति शृङ्खलाको वृद्धि र विविधीकरणमा दुई सरकारहरू बीच एक सहयोगात्मक संयन्त्र स्थापना गर्न खोजिएको उल्लेख गरेको छ । यसैगरी समझदारीमा दुई देशबीच पारस्परिक रूपमा अनुसन्धान कार्य सञ्चालन गर्दै प्रतिभा र सीपको विकासमा फड्को मार्ने परिकल्पना गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७