१६ वर्षीया गर्भवती जुनकलीको हेलिकोप्टरबाट उद्धार, शिशुको बाटोमै मृत्यु


३० फाल्गुन २०७९, मंगलवार
heli sutkeri uddar
फाइल फोटो

हुम्ला । हुम्लाकी एक १६ वर्षीया गर्भवतीकोे हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको छ ।
हुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया जुनकली कामीलाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।

सोमबार दिउँसोदेखि प्रसव पीडा भए पनि मंगलबार बिहानसम्म सुत्केरी हुन नसकेपछि उनलाई सिमिकोटबाट दिउँसो प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।

सुर्खेत विमानस्थलसम्म हेलिकोप्टरमा ल्याइएकी उनको त्यहाँबाट एम्बुलेन्समा अस्पताल पुर्‍याइएको थियो । तर २ बजे अस्पताल पुर्‍याउँदा शिशुकोे मृत्यु भइसकेकोे र प्रसव पीडाका कारण आमाको योनीमा घाउ लागेको अवस्थामा आइपुगेको अस्पतालले जनाएको छ । जुनकलीले तीन केजी २०० ग्रामको मृत छोरालाई जन्म दिएकी थिइन् । अहिले सुत्केरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७