हालान्डको पाँच गोलमा सिटी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा


१ चैत्र २०७९, बुधबार
thumb 3

काठमाडौँ । इर्लिङ हालान्डले नयाँ कीर्तिमान रच्दै पाँच गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार आरबी लाइपजिगलाई ७–० ले हराएको छ । योसँगै समग्रमा ८–१ को अग्रता लिँदै सिटी प्रतियोगिताको क्वार्टर फाइनल प्रवेश गरेको छ ।

नर्वेली २२ वर्षीय हालान्डले यस सिजन सबै प्रतियोगितामा गरेर ३९ गोल गरिसकेका छन् । उनी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा ३० गर्ने सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् ।
त्यसै उनी त्यस उपलब्धिसम्म सबैभन्दा कम समयमा पनि पुगेका छन् ।

सिटीको त्यस जितमा इल्कयी गुन्डोगन र केभिन डे ब्रुएनाले पनि एक एक गोल गरे । पहिलो लेग १–१ को बराबरीमा टुंगेको थियो । मंगलबारका अर्को खेलमा इन्टर मिलानले एफसी पोर्टोलाई गोलरहित बराबरीमा रोक्यो र सन् २०११ यता पहिलोपल्ट क्वार्टर फाइलन पुग्यो । इन्टर पहिलो लेगमा १–० ले अगाडि थियो र समग्रमा पनि १–० कै अग्रता लिन सफल रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७