नेपाली क्रिकेट टिमलाई शुभकामना दिंदै ओलीले भने, ‘तपाईंहरुको साथमा म छु’


२ चैत्र २०७९, बिहीबार
kp oli 4
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई सफलताको कामना व्यक्त गरेका छन् ।

खेल सुरु हुनुअघि सामाजिक सञ्जालमा ओलीले लेखेका छन् मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १ राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७