उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म ६१० मत खस्यो


३ चैत्र २०७९, शुक्रबार
aasta laxmi ram sahaya mamata

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ । नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ६१० मत खसेको छ ।

जसमा संघीय संसद् मतदान केन्द्रमा २१८ र प्रदेश सभा मतदान केन्द्रमा ३९२ मत खसेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । रामसहायप्रसाद यादव अष्टलक्ष्मी शाक्य र ममता झा उपराष्ट्रपतिको दौडमा छन् ।

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० मतदाता छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ । निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार साँझ ५ बजे परिणाम आउने र आजै नव निर्वाचित उपराष्ट्रपतिलाई प्रमाणपत्र दिने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७