उपराष्ट्रपतिमा रास्वपाले जनमतकी ममता झालाई भोट हाल्ने


३ चैत्र २०७९, शुक्रबार
rabi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त समझदारी भएको हो ।

रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले जानकारी दिए । केही नेताहरूले मतदानमा सहभागी हुन नहुने मत राखेका थिए । तर, यसबाट अहिलेको पद्दति नै स्वीकार नगरेको सन्देश जाने भएकाले भोट हाल्ने निर्णय भएको हो । निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय भने लिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७