उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित


३ चैत्र २०७९, शुक्रबार
Ramsahay Yadav2023 03 17 12 37 54

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । छन् । आज (शुक्रबार) भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । उनले सङ्घीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३१४ मतभार भन्दा बढी मत ल्याएका छन् ।

यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गरेका हुन् । उपराष्ट्रपतिमा जसपा सांसद पर्मिला कुमारीले पनि उम्मेदवारी दिएको भए पनि मतदानअघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाएकी थिइन् । यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७