चर्च ब्वाइज र मच्छिन्द्रको खेल बराबरी, जावलाखेलले थ्री स्टारलाई हरायो


३ चैत्र २०७९, शुक्रबार
church boys vs machhindra vphY5a5zT1

काठमाडौं । जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६ औं मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै जावलाखेलले पाँच खेलमा दश अङ्क जोडेको छ । थ्रीस्टारले पाँच खेलमा सात अङ्क जोडेको छ । यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अङ्क बाडेका छन् ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अङ्क जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अङ्क जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७