झोले क्याम्पस खारेज गर्दै त्रिभुवन विश्वविद्यालय


१४ बैशाख २०७५, शुक्रबार
Tribhuwan Univercity

काठमाडौं,बैशाख १४: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ ।Tribhuwan Univercity

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कान्तिपुरको समाचारमा उल्लेख छ । अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् । यो कान्तिपुर दैनिकमा समचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७