सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?


५ चैत्र २०७९, आईतवार
Gold 2

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको भाउ तोलाको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

यस दिन छापावाल सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेर एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन शुक्रबार तोलाको एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७