घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित


५ चैत्र २०७९, आईतवार
ghanashyam bhusal 1

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।

४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी सचिवालय सदस्य बनेका थिए ।

यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७