स्ववियु निर्वाचन सकियो : ६० प्रतिशत मत खसेको अनुमान, साँझबाटै गणना


५ चैत्र २०७९, आईतवार
Tu Voting 1200x560 1

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आइतबारको मतदान प्रक्रिया सकिएको छ । मतदान सकिएका क्याम्पसहरुले साँझबाटै मतगणना प्रक्रिया थाल्ने जनाएका छन् ।

swabiyu surkhet

निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकेको थियो । ढिला सुरु भएका र बीचमा अवरुद्ध भएका केही क्याम्पसले ४ बजेपछि पनि मतदान जारी राखेका थिए । समितिका सदस्य सचिव पशुपति अधिकारीले देशभरका क्याम्पसमा शान्तिपूर्ण निर्वाचन भएको जानकारी दिएका छन् । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ ।

swabiyu chunab 4 1

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए । कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको उनको भनाई छ । केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनको भनाई छ ।

स्ववियु इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरण स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताए । कम मत खसेपनि कुनै पनि अप्रिय घटना नभएको उनको भनाई छ । काठमाडौं उपत्यकाका २२ मध्ये ७ क्याम्पसमा आज (आइतबार) निर्वाचन हुन सकेन । त्यस्तै पोखराका ४ र चितवनका ३ क्याम्पसमा पनि आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७