छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानलाई अफगान अभिभावकको आग्रह


६ चैत्र २०७९, सोमबार
afgan girls

काठमाडौं । अफगानिस्तानका अभिभावकले छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानसँग आग्रह गरेका छन् । अफगानिस्तानमा गएको ५४४ दिनदेखि छात्राहरु पढ्ने विद्यालय बन्द छ ।

विद्यालय बन्द हुँदा उनीहरुमा नकारात्मक असर पर्न थालेको अभिभावकले बताएका छन् । कतिपयलाई मानसिक समस्या समेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा मार्च महिनादेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । नयाँ शैक्षिक सत्रमा विद्यालय खोल्न अभिभावकले माग गरेका हुन् ।

कक्षा ६ भन्दा माथिको विद्यालय बन्द भएकाले खुलाउन आग्रह गरिएको हो । तालिबानले सत्ता सम्हाल्न थालेपछि छात्रालाई कक्षा ६ भन्दा माथिको अध्ययनमा प्रतिबन्ध लगाएको छ । गएको वर्षदेखि महिला तथा किशोरीलाई विश्वविद्यालय जान र गैरसरकारी संस्थामा काम गर्न समेत तालिबानले रोक लगाएको छ ।

यस्तै, महिलालाई जिम जान र पुरुषको साथ विना घर बाहिर निस्कन समेत रोक लगाएको छ । सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि महिला र बालिकामाथि ज्यादती बढेको भन्दै आलोचना भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७