दयाहाङ र प्रियंकाको रोमान्स सार्वजनिक (भिडियोसहित)


१४ बैशाख २०७५, शुक्रबार
Dayahang rai and Priyanka karki

काठमाडौं, १३ वैशाख । मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार (आज)देखि रिलिज भएको फिल्ममा समाविष्ट ‘सुस्त यो‘’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीबीचको रोमान्स देखाइएको छ ।

Dayahang rai and Priyanka karkiगीतमा दयाहाङ र प्रियंकाकाे राेमान्स ।

गीतलाई ताराप्रकाश लिम्बूले संगीत भरेको छन भने दीपा लामा र तारा प्रकाशकै स्वर रहेको छ । भने संचारकर्मी नरेश भट्टराईको शब्द रहेको छ ।

फिल्ममा दयाहाङ र प्रियंकाका अलावा संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ । साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७