कांग्रेस आईका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय


९ चैत्र २०७९, बिहीबार
Rahul gandhi

नयाँदिल्ली । भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले दुई वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको हो ।

तर गान्धी जेल भने जाने छैनन् । किनकी जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ ।
सन् २०१९ मा नै गान्धीलाई आपराधिक मानहानी मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७