लोसपा सरकारमा जाने, खोज्यो सम्मानजनक भूमिका


९ चैत्र २०७९, बिहीबार
Mahantha Thakaur

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनु पर्ने बताएको छ ।

आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले यस्तो बताएका हुन् । निर्वाचनअघिकै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने उल्लेख गर्दै उनले गठबन्धनलाई पाँच वर्ष नै टिकाउन पार्टीले भूमिका खेल्ने बताएका छन् ।

‘अहिले जुन कोर्स करेक्सनको कुरा छ, अर्थात् प्रि इलेक्सन अनाउन्सअघिको गठबन्धन सुरु भएको छ । त्यति वेला नेपाली कांग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो । त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिबकरिब बहुमत आएको थियो । गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नु पर्छ,’ उनले भने ।

saratshingh

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन विस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने निर्णय गरेको जानकारी दिए । उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको बताएका छन् ।

उनले निर्वाचन अघिको नै गठबन्धन ब्यूँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए । उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७