मिटर ब्याजीपीडितलाई न्याय दिन बलियो कानुन बनाउनु पर्छ : प्रभु साह


१५ चैत्र २०७९, बुधबार
Prabhu shah

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै साहले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताए ।

‘तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन् । यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु । सुदखोरले गर्दा हजाराैं सर्वसाधरण घरबारविहीन भएका छन् । यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ । जग्गा रजिस्टर गराएर सैकडा ५ लिएर लुट चलिरहेको छ । यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ ।’

यस्तै लघुवित्तिले गर्दा सर्वसाधरण पीडित बनाएको साहले बताए । बैङकिङ कारोबार अनुपादक क्षेत्रमा हुँदा समस्या थपिँदै गएको बताए । ‘ऋण पाउने नागरिकको अधिकार हो । बैङ्कले अनुपादक क्षेत्रमा कर्जा प्रवाह गर्ने तर सामान्य किसानले ऋण नपाउने भयो । जसले गर्दा उनीहरु सुदखोरबाट पीडित हुन पुगेका छन्’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७