क्यानडाको लगातार दोस्रो जित, अमेरिका २६ रनले पराजित


१६ चैत्र २०७९, बिहीबार
cnaada i8wkOz6c3M

काठमाडौँ । आईसीसी विश्व कप छनोट प्लेअफमा क्यानडाले लगातार दोस्रो जित हात पारेको छ । नामिबियाको विन्डोकमा हिजो भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १९९ रनको लक्ष्य पछ्याएको अमेरिका ४७ ओभर ३ बलमा १७२ रनमा अलआउट भयो । अमेरिकाका सुशान्त मोदिनीले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । क्यानडाका साद विन जाफर र कलिम सानाले समान ३-३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ४९ ओभर ४ बलमा अलआउट हुँदै १९८ रन बनाएको थियो । लगातार दोस्रो जितसहित क्यानडा २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७