श्रममन्त्री बन्दै शरतसिंह भण्डारी


१६ चैत्र २०७९, बिहीबार
Saratsingh Bhandari

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्न लागेको लोसपाका एक नेताले जानकारी दिएका छन् ।

आज (बिहीबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकमा लोसपालाई श्रम मन्त्रालय दिने टुंगो लागेको ती नेताले जानकारी दिए । भण्डारी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनी पञ्चायतकालदेखि पटक–पटक मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७