पूर्वाञ्चल विश्वविद्यालयबाट ६,५१३ विद्यार्थी दीक्षित {तस्वीरहरू}


१९ चैत्र २०७९, आईतवार
pu dixanta scaled

विराटनगर । पूर्वाचल विश्वविद्यालयले आफ्नो ११ औं दीक्षान्त समारोह मनाएको छ । विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ जना, व्यवस्थापन संकाय तर्फका १ हजार ८६२, चिकित्सा शास्त्रतर्फ २ हजार ३२३ र विज्ञान तथा प्रविधि संकायतर्फ १ हजार ३८४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।

दीक्षित हुने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जना समेत छन् । समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति प्रचण्डले विद्यार्थीहरुलाई शैक्षिक उपाधी प्रदान गरेका थिए ।
हेर्नुस् तस्वीरहरु

pu dixanta 4
pu dixanta 1
pu dixanta 3
PRO KTM 6F8A1679
pu dixanta 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७