बेन्जेमाको ह्याट्रिकमा बार्सिलोनालाई हराउँदै रियल कोपा डेल रेको फाइनलमा


२३ चैत्र २०७९, बिहीबार
Benzema 1024x576 1

काठमाडौं । करिम बेन्जेमाको ह्याट्रिकमा मा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाको मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४–० ले हराउँदै समग्रमा ४–१ को जित निकालेको हो ।

यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा रियल बार्सिलोनासँग १–० ले पराजित भएको थियो । तर दोस्रो लेगमा रियलले सानदार प्रदर्शन गर्दै जित निकालेको हो ।

रियलका लागि पहिलो हाफको इञ्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा बेन्जेमाले ह्याट्रिक गरे । उनले ५०औं, ५८औं र ८०औं मिनेटमा गोल गरे । रियलले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७