हनुमानजी राक्षससँग लडे, हामी भ्रष्टाचारसँग लड्ने छौं : मोदी


२३ चैत्र २०७९, बिहीबार
modi

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्ध लड्ने बताएका छन् । भाजपा स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘हनुमानजीले राक्षसको सामना गर्नुभयो । हामी त्यत्तिकै कठोर हुन्छौं । जब भ्रष्टाचार र वंशवादको कुरा आउँछ भाजपा त्यत्तिकै दृढ भएर लड्छ ।’

उनले हनुमानको जीवनले आफूले प्रेरणा दिने बताए । ‘जब लक्ष्मणमाथि संकट आयो, तब हनुमान जीले पूरै पहाड बोकेका थिए । यही प्रेरणा लिएर भाजपाले पनि जनताका समस्या समाधान गर्न नतिजा ल्याउने प्रयास गर्दै आएको छ,’ उनले भने, ’हाम्रो पार्टी र हाम्रा कार्यकर्ताहरूले हनुमान जीको मूल्य र शिक्षाबाट निरन्तर प्रेरणा लिइरहेका छन् ।’

आफू भारतको प्रधानमन्त्री भएपछि देश धेरै हिसाबले सक्षम भएको दाबी उनले गरे । सन् २०१४ पछि भारतीमा अतुलनीय विकास भएको उनले बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७