नाउपाका नेता सुरेन्द्र चौधरी पार्टीको कारबाहीमा


२६ चैत्र २०७९, आईतवार
Surendra Chua1680885066
फाइल फोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।

सो पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उमेदवार बनेका थिए । नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिएको बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७