‘ए’ डिभिजन लिग : आज तीन खेल


२६ चैत्र २०७९, आईतवार
sankata team player ullNHZh7aG

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज (आइतबार) तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ ।

सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७