बार्सिलोना जिरोनासँग बराबरीमा रोकियो


२८ चैत्र २०७९, मंगलवार
barsilona

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा सोमबार जिरोनासँग गोलरहित बराबरी खेलेको छ । नु क्याम्पमा जित निकाल्न असफल भएपछि बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता लिन चुकेको हो ।

खेलमा सबैभन्दा राम्रो अवसर रोबर्ट लेवनडोस्कीले पाएका थिए, तर उनी त्यसमा सफल रहेनन् । यस नतिजाका बाबजुद ज्याभीको बार्सिलोनालाई दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि १३ अंकको ठोस अग्रता प्राप्त छ । बार्सिलोनाको २८ खेलबाट ७२ अंक भएको छ । रियल समान खेलबाट ५९ अंकमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७