निजी क्षेत्रले काम गर्न नसके सरकारी खर्च पनि चल्दैन : अध्यक्ष गोल्छा


२८ चैत्र २०७९, मंगलवार
Shekhar Golchha1681193831

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक समृद्धिको लागि सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै गोल्छाले सरकारलाई वैदेशिक लगानी भित्र्याउन र निर्यात बढाउन आग्रह गरे । उनले नेपालमा चलिरहेको उद्योगहरू नाफामा हुँदा पनि नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको बताएका छन् । उनले यसको कारण खोज्नु पर्ने बताए । वैदेशिक लगानी भित्र्याउन सरकार उद्धार बन्नुपर्ने बताए ।

कृषि क्षेत्रमा उत्पादन बढाउनु पर्ने पनि उनले बताएका छन् । कूल बजेटको ४० प्रतिशत कृषि क्षेत्रमा गए पनि त्यसको उपलब्धि हुन नसकेको उनको भनाइ छ । कोरोना महामारीले ब्यापार घट्दा निजी क्षेत्र समस्यामा परेको गोल्छाले बताए । उनले प्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरु, गभर्नरलगायतलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई साथमा लिएर अर्थनीति तय गर्न पनि आग्रह गरेका छन् ।

देशको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको भन्दै ८५ प्रतिशत श्रमशक्तिलाई रोजगारी दिएको जानकारी दिए । उनले भने, ‘निजी क्षेत्रले काम गर्न सकेन भने सरकारी खर्च पनि चल्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७