भुवन केसीप्रति दीपकराजको आक्रोश : यी अध्यक्ष आएपछि जताजतै लफडा भयो


२९ चैत्र २०७९, बुधबार
Bhuwan kc Deepakraj giri

काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो फिल्मको कमाईबारे गलत रिपोर्ट सार्वजानिक गरेको भन्दै अध्यक्ष भुवन केसीविरुद्ध कलाकार दीपकराज गिरीले आक्रोश पोखेका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

उनको नेतृत्वमा बनेको चलचित्र ‘छक्का पञ्जा ४’ को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा…,’ उनले फेसबुकमा आफ्ना धारणा राख्दै लेखेका छन् ।

बोर्डका अध्यक्ष केसी बारम्बार विवादमा पर्दै आएका छन् । उनको कार्यशैलीप्रति कतिपय चर्चित कलाकारहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७