कारागार सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई हाने गोली


४ बैशाख २०८०, सोमबार

दाङ । दाङको तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन् ।

आइतबार बेलुकी कारागारको सुरक्षामा खटिएका तुलसीपुर–८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आफैंलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए । बेलुकी ८ः४० बजेतिर उनले ड्यूटीमै रहेको हतियारबाट कञ्चटमा गोली हानेका हुन् । उनको घटनास्थलमै ज्यान गएको छ ।

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत केसी केही दिनअघि मात्रै कारागार सुरक्षामा खटिएका थिए । घटनाबारे थप अनुसान्धन गर्ने डीएसपी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७