जबजबाट समाजको अग्रगति सम्भव छैन : झलनाथ खनाल


६ बैशाख २०८०, बुधबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादले समाजको अग्रगति सम्भव नरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबज भन्नु पुँजीवादी यथास्थितिवाद नै रहेको बताए । समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने उनको दाबी छ ।

अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै खनालले फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलनभित्रबाट बडार्न जरुरी रहेको बताए । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेकाले उनीहरुसँग वैचारिक संघर्ष गर्नुपर्ने उनको धारणा छ ।

‘समाजवादी जनवादमा पुग्नुपर्नेछ, समाजवाद स्थापना गर्नुपर्नेछ । तर एकथरी विद्यार्थीहरु त्यो मान्दैनन् । उनीहरु पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेका छन् । अहिलेको जे समाज छ, यही ठिक छ, यही नै समाज विकास हो, यही स्वर्ग हो, यसमै बसेर लुटपाट गर्नुपर्छ भन्ने छन्,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७