नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य


८ बैशाख २०८०, शुक्रबार
Kushal Century1682057933

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।

कुशल मल्लले शतकसहित कीर्तिमानी १०८ रनसहित शतकीय पारी खेलेपछि नेपालले ९ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१० रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशलले ६४ बलमा १०८ रन बनाए । उनले आफ्नो पारीमा ९ चौका र १० छक्का हाने । नेपालका लागि सोमपाल कामीले नटआउट रहँदै ४६ बलमा ६४ रनको अर्धशतकीय पारी खेले । उनले त्यक्रममा ९ चौका पनि हानेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७