ओडिआइमा कुशल मल्लको कीर्तिमानी शतक


८ बैशाख २०८०, शुक्रबार
kushal malla

काठमाडौँ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक शतक बनाएका कुशल मल्ल आउट भएका छन् । एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १० छक्कासहित १०८ रन बनाएर आउट भए ।

मल्लले आजको खेलमा कीर्तिमानी शतक बनाए । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने पहिलो खेलाडी बने । यसअघि सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले ९१ रनको कीर्तिमान राखेका थिए ।

खराब सुरुवात गरेको नेपालको ब्याटिङ कुशलले सम्हालिरहेका थिए । टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७