कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छ : झलनाथ खनाल


८ बैशाख २०८०, शुक्रबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न सुझाव दिएका हुन् ।

उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताएका छन् । नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए । उनले हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यकता रहेको बताए ।

उनले भने, ‘मैले आफैले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ । मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन । मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ । म अहिले म्याराथनमा जाऔँ भनेपनि तयार भनेको जस्तो छु । मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ । म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ । राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन। नैतिकवान राजनीतिज्ञ मात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्छ ।’ पूर्व प्रधानमन्त्री खनालले नैतिकवान राजनीतिज्ञ मात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७